Details

Price: £ 10

Category: Book-साहित्य–डायसपोरा नेपाल संबन्ध

Min. Order Qty.: 1

Max. Order Qty.: 11

Emma- Novel

Youtube link:

एम्मा उपन्यासमा के छ र किन पढ्नै पर्ने ?



१- विदेशमा हुर्केका सन्तानलार्इ नेपालको पुर्ख्यौली सम्पत्तीको ब्यवहारिक ज्ञान बुझाउन,
२- रहस्यः हल्याण्डकी केटीको नेपाल सम्बन्ध,
३- मनोरञ्जनः बेलायतमा नेपालीको जीवनशैली,
४- चिकित्साशाष्त्र र समाजविज्ञानको अन्तर्विरोधमा नैतिक प्रश्न
५- सन्ततीको भविष्य देख्न,
६- सार्बभौम नेपालीको नागरिकता निरन्तरताको अभियानमा ऐक्यबद्धता जनाउन

customer review

Write review »

SubashSingh Parajuli

Click here to read review by सुवाससिंह पराजुली
गोबिन्द बेल्वासेले लेख्नुभएको ‘एम्मा’ एउटा सुन्दर साहित्यिक कृति हो । यो कृति देश (नेपाल) छोडेर जाने प्रवासीको एकल जीवनसँगै जोडिन आउने परिवारको विरासतबारे बोल्ने डायस्पोरीक आवाज हो । अहिले पनि नेपालमा विदेश जाने धेरै अर्थ र कारणले प्रचलन जस्तै बनिसकेको छ । पहिलेपहिले विदेश जानु अध्ययन, लाहुर , ज्यालादारी काम तथा कोही सिपाहीमा भर्ती हुन जाने अर्थ लाग्थ्यो । अध्ययन र भ्रमणका निँहुँमा विदेश जानेहरु पनि बढ्दै गए । भूमण्डलीकरणको जालोमा प्रविधी, यन्त्रले गाँज्दै लगेपछि जन्मदेश छोडेर बसाई सर्नेहरु पनि बढ्दै गएका हो । मैले यतिका बिषयहरू उप्काउनुमा उपन्यास एम्माले बोल्ने भाषा र मर्मको पृष्ठभूमि दिने कोशिस हो ।

प्रवासमा रहँदा स्वदेशका रितिरिवाजको निरन्तरता अनि लामो समयको अन्तरालमा स्वदेश फर्कंदा देखेका, भोगेका परिवर्तनको अनुभूत यस कृतिमा पाइन्छ । साथै आधुनिक समयको जगमा हुर्केबढेका सन्तानका व्यवहार वृतान्त र उनीहरुको सोच, जिज्ञासाका सबै पाटाहररूलाई खुल्ला किसिमले राखिएकोछ ।

कुनैपनि परिवारको विरासत भनेकै पुस्तौनीरुपमा आएका संस्कार र घर, परिवारभित्रका प्रचलन र व्यवहारहरू हुन् । आउने पुस्ताका बारेमा तीनै व्यवहारले दिशा जनाउ गर्दछन् । अन्धविश्वास र मान्यतका घटनाहरु जो बैज्ञानिक छन् र तर्कसहितका छन् ती बाँच्दछन् नभए मर्दछन् भन्ने कुरा यस कृतिले छर्लगं देखाएको छ । नेपालि समाजमा प्रचलित चाहे त्यो ब्रर्तबन्ध होस् वा महिनावारी, जीवन र मृत्युसम्मका क्रियाकर्महरु यी सबैको वकालत यसले गरेको छ । ती संस्कारलाई नयाँ तर्क र नयाँ पुस्ताले बुझ्ने भाष्य बनाएर लेखक बेल्वासेले लेखनमा साधारणसिल शैलीमा अप्ठ्यारा कुराहरु बताउनुभएको छ । श्रद्धाकर्मका बारेमा उल्लेख गर्दै डार्बिनको विकासवादलाई मान्ने कि, धर्मले ल्याएको इश्वर, आत्मा, परमात्मालाई मान्ने ? यसखाले तुलनात्मक तराजु लेखकले पुस्तकका धेरै ठाउँमा देखाउनु भएको छ । नेपाली समाजको मियोलाई लिएर बेलायतमा बसोबास गरीरहेका प्रायः सबै विधाका व्यक्तिहरु यसमा अटाएकाछन् । साथै नेरल्याण्डदेखि नेपालको तौलिहवासम्मका कुरा पनि जोडिएर आएका छन् ।

एम्माको सबल पक्ष भनेको, समकालिन् समयमा प्रायः सबैले बाँचिरहेको समय हो । विशेषतः प्रवासमा रहेको परिवारको कथा यसमा छ । साइकल चढेर आफूले बाँचीरहेको समयबारे बोल्ने एम्माको भाकामा उसको सुस्केरा मात्र नभई उसको प्रेमीको प्रेम मिसिएको छ । मावलीघरका हजुरबाको अर्ति मिसीएकोछ । घरमा मर्दापर्दा आउने किरियाकर्मको पोको फुकाईएकोछ । पिताम्बर काकाको प्रवेश, दिनेशको सान्त्वना, नेत्रदाईको नजरियाले बिषयलाई फराकिलो बनाएको छ । अहिले खैरो चकलेटी रंग पाएको नेपाली पासपोर्टको हरियो कहरकथा र रातो पासपोर्टले संसारका कुनैपनि अध्यागमनमा सुललीत बनाउँने वातावरणको जिकीर यहाँ गरिएकोछ । चिकित्सा क्षेत्रभित्रका गुह्य संरचना र नागरीकता प्राप्ती सम्बन्धी नेपाली कानूनका बिषयमा बेल्वासेजीले उल्लेख गर्नुभएकोछ । आफै पनि कानूनको विद्यार्थी र बिषयमा अब्बलता भएकोले कानूनका प्रसंगहरु पारदर्शी किसीमले बुझीने खालका छन् । व्याख्या तर तर्कना व्यवहारीक हुने नै भयो । पुस्तकले नेपालबाट बेलायतसम्मको सोझो यात्रा गरेपनि बृहत्तम् भ्रमण भने अवश्य गराउँछ । पढ्दै जाँदा कल्पना कल्पना जस्तो तर फेरि लगत्तै चित्रात्मक लेखन जस्तो विस्तृत विवरणात्मक ज्ञानको खुराक कृतिले दिएकोछ ।

सन् २०२३मा प्रकाशित गोविन्द बेल्वासेद्धारा लिखित शिर्षक मिल्दो कृति एम्मासँग सन् १८१५मा प्रकाशित जेन अस्टिनको उपन्यास एम्मा विश्व साहित्यमा चर्चित कृति हो ।

काल्पनीक गाउँको व्याख्या गरिएको शताब्दीयौ पुरानो एम्मामा पनि पारीवारिक सम्बन्धका बारेमा चित्रण गरिएकोछ । युगिन एम्माले त्यसबेलाको समाजको बोध गराउँछ भने यो एम्माले मुलतः नेपाली परिवारको गाथा र बेलायती भूमिमा ब्योहोरेका उतारचढावहरुका बारेमा जानकारी गराउँदछ । मुलतः प्रवासमा रहनेहररूका लागि कृती सुरुचिपूर्ण लाग्छ सक्छ । कतिपय दिनचर्या र बाँच्ने शैलीका आधारमा पनि बदलिदो विश्वसँग मुखरित भइरहेको बेलायती समाजमा अन्य देशबाट आउने परिवारको घटना पनि मिल्न जान्छ ।